काठमाडौं ।
साउन-चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको छ । आयोगले चिकित्सा शिक्षाका सबै तह र विधामा शुल्क निर्धारण गरेको हो ।
असार ३१ गते सूचना जारी गर्दै स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जनाएको छ । गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको आयोगका उपसचिव मेघराज शर्माले सूचनामा उल्लेख गरेको छन् ।
यस्तै, नर्सिङ पढनका लागि १० लाख निर्धारण गरेको आयोगले जनाएको छ । हेनुहोस्, शुल्कः