जा साथी बिदेश जा…!

Image

जा साथी बिदेश जा,
तलाई कसले रोक्छ र?
यो देसको ऋणको भारी,
आखिर कसले बोक्छ र?

जब मेरो साथि त्रिभुवन विमानस्थलको बाटो लाग्छ।
उसकी बुढीआमाको निधारको हासो पनि त भाग्छ।।

जा साथी बिदेस जा
तलाइ कसले रोक्छ र?
तनाबको भारी मात्र
आखिर कसले बोक्छ र?

मेरो साथिको आखाको आँसु पनि त रोक्दैनन।
नजाउ भन्ने इशाराले जब उसका बा, हेरेर पनि खोक्दैनन ।।

शासक,सत्ता मस्त निद्रामा पर्दा
यतै गर्छु भन्नेका पाखुरा झर्दा
यो सत्ता ब्युझाउन भए पनि

जा साथी बिदेस जा
तलाइ कसले रोक्छ र?
यो देसको ऋणको भारी
आखिर कसले बोक्छ र?

कलिलै मुनाहरु बिदेस मात्रै रोज्दैछ्न अरे
बिदेसी गल्लिमै भबिस्य खोज्दैछ्न अरे
अह,जानै पर्छ जा साथी बिदेस जा!

अनि,
ब्यबस्था बदल्यौ भन्नेहरुले,ब्याज खाइ
फुर्तिमात्र लाउन थाले पछि,
सपना,साइनो अनि सर्टिफिकेट काखी लाई
युवा सबै म्यानपावर धाउन थाले पछि

यो देस कसो नबन्ला र ?
हुनत कसका लागि बनाउनु छ र ?त्यसैले,
जा साथी बिदेस जा !

✍️टंक आशिम अवस्थी