Khabar Board
Flash logo up side
flash header

नेपाल भर्सेस जिम्बाब्वे सिरिज : यी हुन् सर्वाधिक रन बनाउने पाँच ब्याटर

Nirbachan m

काठमाडौं ।

जिम्बाब्वे ‘ए’ सँगको एकदिवसीय सिरिज घरेलु टोली नेपालले जितेको छ । सोमबार भएको निर्णायक तथा तेस्रो खेलमा पाहुना टोलीलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । योसँगै नेपालले इतिहास रचेको छ ।

पहिलोपटक जिम्बाब्वेको कुनै पनि टोलीविरुद्धको सिरिज जित्दै नेपालले इतिहास रचेको हो । फाइनलमा २१४ रनको चुनौतपूर्ण लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेलले शानदार पारी खेले । उनले ६१ बलमा सात चौका र चार छक्कासहित ८५ रन बनाए । जिम्बाब्वेविरुद्ध कुनै पनि नेपाली ब्याटरको यो उत्कृष्ट पारी हो ।

त्यस्तै, मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ४३ बलमा चार चौका र तीन छक्कासहित अविजित ६० रनको योगदान दिए । विनोद भण्डारी २८ रनमा अविजित रहे ।

आसिफ शेख २९ र सुनिल धमला ६ रनमा आउट भए । रोहितकुमार पौडेलले भने खाता खोल्न सकेनन् । जिम्बाब्वेका लागि ब्रेण्डन मभुताले तीन र ब्राड इभन्सले एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनायो । तेस्रो खेल मैदान ओसिलो भएका कारण ३३ ओभरमा झारिएको थियो ।

जिम्बाब्वेका लागि तडिवानासे मरुमणिले ५०, कुडजाइ मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योंगाले २४, ल्यूक जोंग्वेले १९, केफास जुवाओले १६ र इनोसेन्ट कियाले १२ रन बनाए ।

नेपालका लागि किशोर महतोले सात ओभरमा एक मेडनसहित ४३ रन दिएर पाँच विकेट लिए । उनको यो डेब्यू म्याच हो । योसँगै किशोरले डेब्यूमै नेपालको तर्फबाट एकदिवसीयमा ५ विकेट लिने बलरको कीर्तिमान पनि बनाए ।

त्यस्तै, सोमपाल कामीले दुई, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक–एक विकेट हात पारे । कप्तान सन्दीप लामिछाने भने अन्तिम खेलमा महँगा सावित भए । उनले ६ ओभरमा ९.३३ को इकोनमीमा बिनाविकेट ५६ रन खर्चिए ।

पहिलो खेलमा ३ विकेटले पराजित हुँदा दोस्रो म्याचमा भने नेपालले जिम्बाब्वेलाई ९ विकेटले हराएको थियो । समग्रमा जिम्बाब्वे ‘ए’ सँगको सिरिजमा नेपालले राम्रो प्रदर्शन गर्यो । एकदिवसीयअघि तीन खेलको टी–२० सिरिज नेपालले एक/एकको बराबरीमा टुंग्याएको थियो । सो श्रृंखलाको एक खेलमा वर्षा बाधक बन्यो ।

Center article

जिम्बाब्वेविरुद्धको सिरिज नेपालले अभ्यासको रूपमा खेलेको थियो । यस श्रृंखलालाई आईसीसीले कुनै मान्यता दिएको थिएन । नेपाली टिम अब केही सातापछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिका जानेछ । जहाँ नेपालले घरेलु टोलीसहित ओमानविरुद्ध खेल्नेछ ।

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको वानडे सिरिजमा सर्वाधिक रन बनाउने पाँच ब्याटर

कुशल भुर्तेल : तीन खेलको नेपाल र जिम्बाब्वेबीचको श्रृंखलामा सर्वाधिक रन नेपाली ब्याटर कुशल भुर्तेलले बनाए । उनले ३ खेलको दुई पारीमा १४५.०७ को स्ट्राइकरेटमा सर्वाधिक १०३ रन बनाए । जसमा कुशलको एक अर्धशतकीय पारी छ । उनले दुई पारीमा ११ चौका र चार छक्का हिर्काए ।

दीपेन्द्रसिंह ऐरी : यो सूचीको दोस्रो स्थानमा नेपाली ब्याटर दीपेन्द्रसिंह ऐरी नै रहे । उनले २ खेलमा १२३.८० को स्ट्राइकरेटमा एक अर्धशतकसहित ७८ रन बनाए । ऐरीले सिरिजमा तीन छक्का र सात चौका प्रहार गरे ।

आसिफ शेख : सर्वाधिक रन बनाउने मामलामा तेस्रो सिजनमा आसिफ शेख रहे । उनले ३ म्याचमा ८९.४७ को स्ट्राइकरेटमा ६८ रन बनाए । आसिफले सिरिजनमा कुल नौ चौका र एक छक्का हिर्काए ।

 इनोसेन्ट किया : यो सूचीको चोथो स्थानमा जिम्बाब्वेका इनोसेन्ट कियाको नाम आउँछ । उनले ३ खेलमा ९५.२३ को स्ट्राइक रेटमा ६० रन बनाए । त्यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरे ।

तडिवानासे मरुमणि : सिरिजमा सर्वाधिक रन बनाउने मामलामा पाँचौं स्थानमा जिम्बाब्वेकै तडिवानासे मरुमणिको नाम छ । उनले ३ खेलमा १२३.४० को स्ट्राइक रेटमा ९ चौका र दुई छक्कासहित ५८ रन बनाए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.