Khabar Board
Flash logo up side
Nirbachan aayog

आजबाट उपत्यकामा स्मार्ट लकडाउन,के के गर्न पाइने के गर्न नपाइने ?

Nirbachan m

कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा जारी गरिएको आदेश गए राति १२ बजेदेखि लागु भएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।

आदेशानुसार अब अर्को सूचना नआएसम्म घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ । यस्तै, आउँदो माघ १५ गतेसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन ।

Panacea Education

औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गरिने आदेशमा उल्लेख छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.