काठमाण्डाै
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा छलफल चलिरहेकाे बताउनुभएकाे छ । आज बिहीवार बेलुकी सामाजिक सञ्जालमार्फत उहाँले यस्ताे बताउनुभएकाे छ ।
पार्टीभित्र देखिएकाे मतभेद र अन्तरविराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेकाे भन्दै नेता श्रेष्ठले आपत्ति जनाउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरविराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङ्गले नबुझ्न सबैसँग अनुरोध गर्दछु ।
यस्तै नेता श्रेष्ठले अध्यक्ष प्रचण्डसहित अन्य नेताहरूसँग पनि छलफल भइरहेकाे प्रष्ट पार्नुभएकाे छ । यसैबीच हिजाे बुधवार बिहान नेता श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको थियाे ।
पार्टीले सुरुबाटै एमसीसीकाे विरोध गर्दै आएको तर पार्टी अध्यक्ष प्रचण्डले पार्टीकाे निर्णय विपरीत एमसीसी पास गर्न भूमिका खेलेको भन्दै नारायणकाजी श्रेष्ठसहित केही नेता असन्तुष्ट देखिएका छन् ।














