सुन आयातमा राष्ट्र बैंकको कडाइ, अब दैनिक १० किलो मात्रै आयात गर्न पाइने

Image

काठमाडौं
नेपाल राष्ट्र बैंकले सुन आयातमा कटौती गरेको छ। बैंकले आइतबारदेखि उक्त व्यवस्था गरेको हो। कटौती गरेसँगै अब बैंकहरूले दैनिक दस किलो मात्रै सुन ल्याउन पाउने छन्।

यसअघि दैनिक बीस किलो सुन ल्याउन पाइने व्यवस्था थियो।

विदेशी मुद्रा सञ्चितीमा चाप परेकाले सुन आयातमा कटौती गरिएको बैंकका विदेशी विनिमय विभागका प्रमुख राम पौडेलले जानकारी दिए।

‘आयात बढ्दो छ। रेमिट्यान्स अपेक्षित रूपमा बढेको छैन,’ उनले भने, ‘त्यसैले अहिले सुन अत्यावश्यक वस्तु नभएकाले कटौती गरिएको हो।’

यो व्यवस्था केही समयका लागि मात्र लागू हुने पौडेलले जानकारी दिए। परिस्थित सहज भएपछि पुरानै व्यवस्था लागू हुनेछ।

गत वर्ष पनि कोरोना महामारीका बेला सञ्चित विदेशी मुद्रामा कमी आउन सक्ने डरले सरकारले दैनिक दस केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था गरेकाे थियाे।

नेपालमा सुन आयात गरेर व्यवसायीहरूलाई वितरण गर्ने जिम्मा वाणिज्य बैंकहरूलाई दिइएको छ।