Khabar Board
Flash logo up side
flash header

पाकिस्तानमा नयाँ प्रधानमन्त्री सोमबार चुनिने, को बन्ला इमरान खानको उत्तराधिकारी ?

Nirbachan m

एजेन्सी । पाकिस्तानको संसद्मा अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिर भएका छन् । शनिबार राति त्यहाँको राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमा मतदान भएको थियो जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे ।

इमरान खानले उनलाई सत्ता बाहिर निकाल्न अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका थिए । उनले कुनै पनि नयाँ सरकारलाई स्वीकार गर्न अस्वीकार गरेका थिए । पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो अवसर पनि हो । अब सोमबार पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चुन्नेछ । नयाँ प्रधानमन्त्रीले आगामी चुनाव अर्थात् अक्टोबर २०२३ सम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।

विपक्षी दलका नेता शहबाज शरीफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन् । तर, प्रभावकारी प्रशासकको रूपमा देशभित्र उनको उच्च प्रतिष्ठा छ ।
पाकिस्तानमा तीनपटक प्रधानमन्त्री बनेका नवाज सरिफका कान्छा भाई शहबाज इमरान खान नेतृत्वको सरकार ढाल्न विपक्षीहरुले गरेको प्रयत्‍नको नेतृत्व गरेका थिए । शनिबार राति संसदमा खानबिरुद्ध अविश्वसको प्रस्ताव पारित भएको थियो ।

शेहबाजको पाकिस्तानको सेनासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । २२ करोड जनसंख्या भएको पाकिस्तानमा सेनाले विदेश र रक्षा नीतिमा हस्तक्षेप गर्ने बताइन्छ । पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शेहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएका थिए । चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए ।

Center article

गत साता एक अन्तवार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए । इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए । आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्र्दै आएका छन् । सन् १९९९ मा पाकिस्तानमा भएको सैनिक विद्रोहपछि शहबाजलाई जेलमा राखेर साउदी अरब निर्वासन गरिएको थियो । उनी सन् २००७ मा स्वदेश फर्किएका थिए ।

आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीको प्रमुख बनेका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.