काठमाडौं ।
उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडसँग कुरा गरेका छाैँ ।
क्यापिटलका अनुसार हाल उक्त आईपीओको डाटा भेरिफिकेसनको काम चलिरहेको छ । भाेलि प्रि-अलटमेन्ट गर्ने तयारी गरिएकाे छ । प्रि-अलटमेन्ट सम्पन्न गरी यही बिहीबार बाँडफाँड गर्ने तयारी रहेकाे क्यापिटलले अर्थ संसारलाई जानकारी दिएकाे छ ।
कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
अन्तिम दिनसम्ममा २४ लाख ३१ हजार १ सय ७० जना लगानीकर्ताले २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि छुट्याइएकाे भन्दा १२४.६४ गुणा धेरै हाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ ।