काठमाडौं ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएका छन् ।
उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले १६४० र एमालेका अम्बिका खनालले १५०९ मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका छन् ।
काठमाडौंको उपमेयरमा सुनिता डंगोल तेब्बरभन्दा बढी मतले अगाडि
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिँदा एमलोका केशव स्थापित दोस्रो स्थानमा रहेकोमा उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलको अग्रता झनै फराकिलो बन्दै गएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छन् ।
उनीसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा राप्रपाले ४१३ मत प्राप्त गरेको छ । उपमेयरका सबै प्रत्याशीहरुको जोड्दा पनि सुनिता अग्रस्थानमा छिन् ।