यो माटो परिवर्तनको भोकले,
भ्रष्टाचारका रोगले ,थला परिसक्यो
आउ हामी संगै परिवर्तन होऔ
सोचौ,आज नसोचे कहिले?
बलात्कारिले सजाय पाउन,
भ्रष्टाचारिलाई कोररा लाउन,अब ढिला भैसक्यो,
त्यसैले,आउ हामी संगै परिवर्तन होऔ
सिटामोल किन्न फोर्स लाउनै पर्ने
मल बीउ किन्न दसचोटि धाउनै पर्ने
जलाइदिउ कन्क्रीटको सहर भन्ने कसो नलाग्ला र,
त्यसैले,आउ हामी संगै परिवर्तन होऔ
सेतेदाइले बर्षभरी फलाम कुटि जिउनै पर्ने
रामेकाकाले गुजारा गर्न फेरि कपडा सिउनै पर्ने
छोइन्छ कि भन्ने डरले टाढा पानी पिउनै पर्ने
परिवर्तनको भोक त कसो नहोला र,
त्यसैले ,आउ हामी संगै परिवर्तन होऔ
जवानी,पसिना बगाउन मरभुमि जानै पर्ने
रेमिटान्स फेरि भ्रष्टहरुले खानै पर्ने
एकै सास स्वदेसमै फेर्न नपाउदा कसो मन नदुख्ला र,
त्यसैले ,आउ हामी संगै परिवर्तन होऔ
शिक्षा स्वास्थ्य माफियाले लुट्नै पर्ने,
स्वार्थ नमिल्दा फेरि पार्टी फुटनै पर्ने
लिलाम गर्दा देसको स्वाभिमान,कसो जलन नहोला र?
त्यसैले,आउ हामी संगै परिवर्तन होऔ!
त्यसैले,आउ हामी संगै परिवर्तन होऔ!!
त्यसैले,आउ हामी संगै परिवर्तन होऔ!!!
लेखक टंक प्रशाद अवस्थी, डडेल्धुराका समाजसेवी हुन्