काठमाडौं । नेपालले २०२५ मा श्रीलंकासँग सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेन्डर २०२५ मा उक्त सिरिज राखिएको छ ।
निमन्त्रणा द्विपक्षीय सिरिज २०२५ अप्रिलमा हुने क्यानले जनाएको छ । नेपालले हालसम्म टेस्ट टोलीको सिनियरसँग सिरिज खेलेको छैन । घरेलु मैदानमा नेपालले पछिल्लो दुई वर्षमा जिम्बावे ए, आयरल्यान्ड ए र वेष्टइण्डिज ए सँग भने त्रिवि क्रिकेट मैदानमा सिरिज खेलि सकेको छ ।