बैतडी । संगम बुक्स पब्लिकेसनका प्रवन्ध निर्देशक श्री सहदेव प्रसाद सापकोटाले आफ्नो व्यक्तिगत लगानीमा पाटन नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयमा अध्ययनरत अति विपन्न १५२ जना बालबालिकालाई बिद्यालयमै पुगि न्यानो स्वीटर तथा टोपी वितरण गरेका छन्।
उहाँले पाटन नगरपालिका वडा नं. ९ का श्री सरस्वती आ.वि. किचार, श्री जनप्रिया आ.वि. काकस्याली, श्री सिद्धेश्वर मा.वि. हुक्केडाडा, श्री ज्ञानेश्वर मा.वि. बिजयपुर, वडा नं. ८ का श्री जनप्रिय आ.वि. ज्याफु, श्री सिद्धदिप आ.वि. खोड्पे, श्री महेश्वर आ.वि. रिसेडि, श्री जनता मा.वि. आरुवाटा तथा वडा नं. ३ स्थित श्री सिगास मा.वि. गुरुडा लगायतका विद्यालयका विद्यार्थीहरु न्यानो न्यानो स्वीटर र टोपी वितरण गरेका हुन्। 
यसैगरी सोही क्षेत्रका अति विपन्न १० परिवारलाई समेत न्यानो कपडा वितरण गरिएको छ। 
सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगी कार्यप्रति स्थानीय समुदायले उच्च सम्मान व्यक्त गर्दै वितरण कार्यमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। 





















