एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश

Image

नेकपा एमालेबाट निर्वाचित पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।

नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले सोमबार दुर्गाफाँटमा गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले गौतमसहित अन्यलाई पार्टीमा प्रवेश गराएका हुन्।

कांग्रेस पाणिनी गाउँपालीकाका अनुसार गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित करिब दुई सय व्यक्ति कांग्रेस प्रवेश गरेका छन्।

उपाध्यक्ष गौतमले एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी थिइन्। उनी २०७४ सालको स्थानीय तहमा निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।

पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदीलगायतका नेताहरु कार्यक्रममा सहभागी रहेका कांग्रेस अर्घाखाँचीका नेता डा। इन्द्रमणि पौडेलले जानकारी दिए।