अहिले धमाधम बिभिन्न कम्पनीहरुले लाभांश प्रस्ताव तथा पारित गरिरहेका छन् । यसैबीचमा गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।
बैंकको आज (पौष २२ गते, बिहिबार) बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
गरिमा विकास बैंक र साहारा विकास बैंकका बिचमा हालै मात्र मर्जर भएकाले बोनसमा कुनै पनि कर नलाग्ने हुँदा नगद लाभांश नदिएको कम्पनीले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । अहिले सम्म कतिपय कम्पनीहरुले लाभांश घाेषणा गरिसकेका छन् भने कतिपयले पारित समेत गरिसकेका छन् । त्यसैगरी केहीकाे अझै लाभांश घाेषणा हुन बाँकी पनि रहेकाे छ ।














