काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष २० गते (मंगलबार)
दिउँसो : सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदली रहने छ।
राती : सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ पौष २१ गते (बुधबार)
दिउँसो : सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश १ मा आँशिक बदली रही बाँकि प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ पौष २२ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा मौसमविद्ले आग्रह गरेको छ । साथै बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सुरकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत मौसमविद्ले अनुरोध गरेको छ ।
















