Khabar Board
Flash logo up side
Nirbachan aayog

एमाले डडेल्धुराको अध्यक्षमा साउँद सर्वसम्मत

Nirbachan m

डडेल्धुरा । नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन्। आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएको भएपनि अन्तिममा उनी साउँदलाई नै अध्यक्ष बनाउन तयार भएका हुन्।

जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप-सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन्। अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ।

Panacea Education

यसअघि सातौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका साउँद डा. तारा जोशी हारेका थिए। त्यसपछि उनी नयाँ शक्ति केन्द पार्टीमा गएका थिए। नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा प्रवेश गरेका नेता साउँद एमाले फुटेपछि पुनः एमाले जिल्ला अध्यक्ष भएका थिए। -युनिटी खबरबाट

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.