हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा चिकित्सकले लेखिदिएको अधिकांस औषधि किन्न जाँदा पाइदैन । औषधि नपाएपछी बिरामी महँगो पैसा तिरेर निजि मेडिकलबाट औषधि किन्न बाध्य भईरहेका छन् ।अर्को तर्फ सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि अस्पतालको फार्मेसीमा भने आधा औषधि पाउन मुस्किल पर्छ । सुन्दा अचम्म लाग्नसक्छ, बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको (हेटौंडा अस्पतालमा) खोकीको औषधीपनि पाईदैन । तर बास्तविकता यहि नै हो । यहाँ सामान्य औषधिसमेत उपलब्ध छैन । यस विषयमा अस्पताल प्रशासन भने मौन बसेको छ । फार्मेसीमा लामो समयदेखि औषधिको अभाव हुदापनि यसतर्फ कसैको ध्यान गएको छैन ।
यसकारणले गर्दा बिरामी घन्टौं लाईनमा बसी औषधि नलिई रित्तो हात फर्किएर निजि मेडिकलमा औषधि किन्न बाध्य बनेका छन् ।