Khabar Board
Flash logo up side
Nirbachan aayog

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने

Nirbachan m

२६ पुस ,काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने भएका छन्।

तीन सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते मंगलबार पूर्व राजा शाह सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि जान लागेको संवाद सचिव फणिराज पाठकले जानकारी दिएका हुन्।

पाठकले आज (सोमबार) एक सूचना जारी गर्दै ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाने भएको जानकारी दिएका छन्।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.