Khabar Board
Flash logo up side
Nirbachan aayog

ऐना खबर डट कम समाचार पोर्टलको उद्घाटन, प्रधान सम्पादकमा त्रिपाठी

Nirbachan m

काठमाडौं । ऐना खबर मिडिया प्रा.लिद्वारा संचालित ऐना खबर डट कम समाचार पोर्टलको आज मंगलबार औपचारिक उद्घाटन भएको छ। प्रा.लिले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बालुवाटारस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरि अनलाईनको उद्घाटन गरेको हो।

प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, विशिष्ठ अतिथि मौरिससको लागि अवैतानिक दूत गणेश कार्की र ऐना खबर मिडिया प्रालिका अध्यक्ष सञ्जीव बस्नेतले पानसमा बत्ति बालेर अनलाईनको संयुक्त रुपमा उद्घाटन गरे । दुई महिनाअघिदेखि आन्तरिक रुपमा सञ्चालन हुँदै आएको अनलाईनको आज औपचारिक उद्घाटन भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले पछिल्लो समय अनलाईन समाचारको प्रभावकारीता बढ्दै गएको बताए । अनलाईनले नयाँ विचार निर्माणदेखि राष्ट्रका लागि ठूलो योगदान गरिरहेको उनको भनाई थियो । अध्यक्ष पोखरेलले अनलाइन मिडियाको अपरिहार्यता बढिरहेको भन्दै अझै पनि राज्यले अनलाईनलाई वैधानिक रुपमा स्वीकार नगरेको गुनासो गरे ।

पत्रपत्रिका , रेडियो, टेलिभिजनका लागि छुट्टै कानुन रहेको भन्दै उनले अनलाईनका लागि पनि छुट्टै कानुन बनाउन सरकारले कञ्जुँस्याई गरिरहेको बताए । अनलाईनलाई मेन स्ट्रिम मिडियाको रुपमा स्वीकार गर्नुपर्छ भन्दै नेपाल पत्रकार महासंघले सरकारलाई निरन्तर रुपमा दबाब दिइरहेको उनले बताए । उनले अनलाइन पत्रकारितालाई सामान्य रुपमा नलिई सतर्क भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

कतिपय खुलेका अनलाईनहरु भ्रम फैलाउने पत्रकार आचारसंहिताभन्दा बाहिर गएर सञ्चालित रहेको भन्दै पत्रकार आचारसंहिताभित्र रहेर स्वच्छ, निष्पक्ष समाचार प्रकाशन र जनतालाई सुुसुचित गर्न ऐनाखबरडटकमले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘ऐनाले आफैँलाई देखाउने भन्दै उनले ऐना खबर डट कम पनि आफैँलाई पनि नियाल्दै सबैलाई निष्पक्ष रुपमा नियाल्ने ऐना बनोस्, उनले शुभकामना दिँदै भने ।’

यस्तै, पोखरेलले नेपाल पत्रकार महासंघ सबैको साझा संस्था भएको भन्दै सञ्चार संस्था र पत्रकारहरुको हरेक समस्यामा पत्रकार महासंघ सदैव साथमा रहेको बताए । सञ्चार संस्थालाई बलियो बनाउनका लागि लगानीकर्ता सञ्चालक, कर्मचारी, पत्रकार सबै मिलेर सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै, कार्यक्रममा शुभकामना सन्देश दिँदै मोरिससका लागि अवैतानिक दूत गणेश कार्कीले अहिले अनलाईन मिडियाका कारण समाचार थाहा पाउन धेरै सजिलो भएको बताए। पहिले पहिले एउटा समाचारका लागि लामो समय कुर्नुपर्ने गरेको भन्दै अहिले पल भरमै समाचार थाहा पाउन सक्ने अवस्था आएको बताए। कार्कीले कतिपय अनलाईनहरु भ्रम फैलाउने किसिमका पनि आफूले देखेको भन्दै स्वच्छ निष्पक्ष समाचार सम्प्रेषण र जनतालाई सुसुचित गर्ने कुरामा ऐना खबर नचुक्ने विश्वास व्यक्त गरे । अबको दिनमा अनलाईनलाई ब्राण्ड बनाउनुपर्ने भन्दै उनले ऐना खबर भावी दिनमा ब्राण्ड बन्ने र हरेक खबरका लागि सबैले ऐना खबर खोल्ने वातावरण बन्नेमा आफू विश्वस्त रहेको बताए ।

Panacea Education

यस्तै, ऐना खबर डट कमका अध्यक्ष संजीव बस्नेतले ऐना खबरलाई विश्वाशिलो अनलाइनका रुपमा विकास गर्न आफू प्रतिबद्व रहेको बताए। पत्रकारिताको धर्मलाई आत्मसाथ गरेर सदैव सत्य तत्य र निष्पक्ष समाचारका लागि आफ्नो संस्था लागिरहने बताए।

बस्नेतले आफ्नो संस्थामा काम गर्ने पत्रकारहरुको हकहितका लागि आफूले केही कसर बाँकी नराख्ने पनि बताए । उद्घाटन समारोहमा ऐना खबर प्रा।लिका सदस्यहरु डिल्लीराम पंगेनी ‘प्रकाश’, रिजन मडै लगायतले बोलेका थिए । उद्घाटन समारोहलाई नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले शुभकामना सन्देश पठाएका थिए ।

प्रधान सम्पादकमा त्रिपाठी

त्यसैगरि, यस प्रा.लिद्धारा संचालित ऐना खबर डट कमको प्रधान सम्पादकमा विनोद त्रिपाठी नियुक्त भएका छन्। संचालनको शुरुवाती दिनदेखि सम्पादकको भूमिकामा रहेका त्रिपाठीलाई औपचारिक रुपमा प्रा.लिका अध्यक्ष बस्नेतले प्रधान सम्पादक नियुक्तिको घोषणा गरेका थिए ।

त्रिपाठीले लामो समय बिभिन्न छापा, टेलिभिजन र अनलाइन संचारमाध्यममा सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् । उनि केहिदिनदेखि बिरामी भएका कारण उद्घाटन कार्यक्रममा उपस्थित हुन सकेनन्।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.