Khabar Board

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौं । बतास समूहलाई रेस्टुरेन्ट खोल्न दिएको विषयमा विवादमा तानिएका नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेसँगै उनले राजीनामा दिएका हुन् ।

ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका दाहालले आज (मंगलबार) पदबाट राजीनामा दिएका हुन् ।

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् ।

मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास समूहले क्फ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्‍यो‍ भन्ने विषयमा छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले ३ दिनभित्र प्रतिवेदन पेश गरेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.