काठमाण्डाैँ । पहिले खरिद गरेको धितोपत्रको प्रमाण–पत्र प्राप्त गर्न लागि लगानीकर्ताले आवश्यक विवरणहरु भरी दलाल मार्फत सम्बन्धित संगठित संस्थामा नामसारी गर्न पठाउनु पर्थ्यो ।
प्रचलित ऐनअनुसार यसरी नामसारीका लागि पठाईएको १५ दिनभित्र उक्त संस्थाले लगानीकर्तालाई नामसारीका सम्बन्धमा जानकारी गराउनुपर्ने व्यवस्था थियो ।
हाल विद्युतीय रुपमा धितोपत्रहरु हस्तान्तरण तथा नामसारी हुँदै आएको छ । धितोपत्र बिक्री गर्ने लगानीकर्ताको डिम्याट एकाउन्ट (सेयर खाता) बाट धितोपत्र डेबिट हुने (घट्ने) र खरिदकर्ताको डिम्याट एकाउन्टमा क्रेडिट हुने (थपिने) गरी व्यवस्था मिलाइएको छ ।
धितोपत्र बिक्री गरेको खण्डमा धितोपत्रको कारोबार राफसाफ भएपछि धितोपत्र दलालले कारोबार कमिसन कटाई बाँकी रकम बिक्रीकर्तालाई तुरुन्त भुक्तानी दिनु पर्दछ भनेर नेपाल स्टक एक्सचेञ्जले उल्लेख गरेकाे छ ।