काठमाण्डाैं । आईपीओ बाँडफाँडकाे लामाे समयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (माघ ३ गते, साेमबार) देखि बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडकाे काराेबार सुरू हुनेछ ।
माघ २ गते, आइतबार कम्पनीकाे ४० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे। कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BNHC सिम्बाेल प्राप्त गरेकाे छ ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।
बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।
जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियाे ।
उक्त आईपीओ असाेज २२ गते, शुक्रबार गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए ।
जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र याेग्य आवेदक थिए । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका थिए । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाकाे भने हात खाली भएकाे छ ।