बैतडी । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बैतडी जिल्ला मालपोत कार्यालयले आलोपालो सेवा दिन शुरु गरेको छ ।
कार्यालयमा सेवा लिन पुग्ने नागरिकले अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र कोभीड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने (मोबाइलमा फोटो भए हुने) कार्यालय प्रमुख दिलाराम भट्टले बताए ।
- आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।
- सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।
- मंगलबार दोगडाकेदार र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।
- बुधबार पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।
- बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइनेछ ।
माघ ७ गतेदेखि नै मालपोत कार्यालयले आलोपालो सेवा प्रणाली शुरु गरेको मालपोत कार्यालयले जनाएको छ। 















