Khabar Board

चिकित्सा शिक्षा: स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरेको छ।

आयोगले यस शैक्षिक सत्रका लागि सम्पूर्ण विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्गतका शिक्षण संस्थाहरूद्वारा संचालन गरिने चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद फागुन ६ गतेसम्म थप गरेको छ। थपिएको म्याद अनुसार फागुन ४ गतेसम्म शुल्क दाखिला र फागुन ६ गते दिउँसो ३ बजेसम्म फाराम पेस गर्न सकिनेछ।

आयोगले सोमबार सुचना जारी गर्दै यसअघि माघ २० गतेसम्म म्याद तोकिएकोमा कोभिडको कारणले कार्यालयहरु बन्द भई तोकिएको समयावधि भित्र आवश्यक कागजात बनाउन कठिनाइ भएकोले परीक्षा शुल्क दाखिला गर्ने र आवेदन फाराम भर्ने म्याद थप गरिएको जनाएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.