काठमाण्डौमा प्रशासनको नयाँ आदेश : अब के गर्न पाइन्छ, के पाइँदैन ?

Image

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन् ।

यसअघि लगाइएका केही नियम खुकुलो बनाउँदै नयाँ आदेश जारी गरिएको हो । आदेशमा सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा लगायत भीडभाड हुने कामहरु गर्न नपाइने उल्लेख छ।