Khabar Board
Flash logo up side
flash header

आजदेखि हट्यो जोर-बिजोर प्रणाली

Nirbachan m

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ ।

आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । आइतबार राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षरमा जारी गरिएको सूचनामा जनाइएको छ ।

Center article

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक सवारीमा जोर बिजोर हटाएर निजी सवारीमात्र कायम राखिएको थियो । आजदेखि त्यसलाई पनि हटाइएको हो ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.