आगामी शनिबारसम्म यी भूभागमा बर्षा र हिमपातको सम्भावना

Image

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

देशको पहाडी भूभागमा आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

पहाडी भुभागका एक/दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०५ गते (बिहिबार)

दिउँसो : प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भुभागको एक/दुई स्थानहरुमा छिटपुट देखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

फागुन ०६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

फागुन ०७ गते (शनिबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।