यसरी बनाउनुहोस घरमै बसेर अनलाइनबाट ब्रोकर अकाउन्ट ? (तरिकासहित)

Image

काठमाण्डाैं

हाल जसरी आईपीओ भर्नेकाे संख्या बढिरहेकाे छ, त्यसी नै दोस्रो बजारमा कारोबार गर्न चाहनेहरुकाे संख्या पनि बढ्दै गएकाे छ । तर दाेस्राे बजारमा पस्नका लागि के के गर्नु पर्छ भन्ने बारेमा धैरैलाई थाहा छैन् । र अरुलाई साेधिरहेका हुन्छन् ।

कतिपयले त निःशुल्क बन्ने ब्रोकर खाता पनि पैसा तिरेर अरु मार्फत बनाउँदै आएका छन्। यही बिषयलाई मध्येनजर गर्दै हामी यहाँ आज ब्राेकर खाता कसरी खाेल्ने भनेर सुरु देखी अन्त्य सम्मकाे सबै कुराहरु भन्दैछाैँ ।

आफ्नो खाता अरुलाई बनाउन दिदा आफ्नो सम्पूर्ण विवरण उक्त व्यक्ति संग हुने हुदा यो सुरक्षित हुदैन। त्यसैले आज हामीले घरमै बसी ब्रोकर खाता खोल्ने तरिका सिकाउँदै छौ।

ब्रोकर खाता खोल्नको लागि आफुले कुनै ब्रोकर छान्नुपर्ने हुन्छ। ब्रोकर छानीसके पछि ब्रोकरको लिंकमा गाएर न्यु रजिस्ट्रेसनमा क्लिक गर्नुपर्ने हुन्छ।

उदाहरणका लागि tms100.nepsetms.com.np/login ( यहाँ १०० को ठाउँमा तपाइले आफुले खाता खोल्न चाएको ब्रोकरको नम्बर हाल्नु होला ) , ब्रोकरको नम्बर हेर्न nepsebajar.com/broker-contact मा जानुहाेला । त्यसपछि ८ वटा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

जनरल डिटेल्स ( General Details ) – जनरल डिटेल्समा तपाइँको ई–मेल एड्रेस, फोन नम्बर, पान नम्बरलगायत विवरणहरु भर्नुपर्ने हुन्छ। Client Type मा तापाईले Individual छान्नुहोला। त्यसपछि आफुले रोजेको ब्रोकरको दुइ वटा साखा भएमा आफ़ुले खाता खोल्न चाएको साखा रोज्नुहोला। यसमा पान नम्बर भने अनिवार्य छैन यदि तपाइलाइ आफुले तिरेको कर आफ्नो नाम बाट जाओस भन्ने चाहानुहुन्छ भने पान नम्बर हाल्नुपर्ने हुन्छ। त्यसपछि Next मा क्लिक गर्नुहोला।

इन्डिभिजुअल डिटेल ( Individual Details ) – इन्डिभिजुअल डिटेलमा तपाईले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ। यहाँ धेरैले गल्ती गरेको पाइन्छ । यसमा जन्म मिति र नागरिकता जारी मिति भर्दा धेरैले गल्ति गरेको देखिन्छ। त्यसकारण यो भर्दा धेरै ध्यान दिएर भर्नु होला। यसमा रातोमा * चिन्न भएको ठाउँमा विवरण अनिवार्य भर्नुपर्ने हुन्छ भने अन्य ठाउँ खालि छोड्दा पनि हुन्छ। त्यसपछि Next मा क्लिक गर्नुहोला।

बैंक डिटेल्स ( Bank Details ) – यसमा आफ्नो बैंकको खाता नम्बर र बैंकको ठेगाना भर्नुपर्छ। धेरै जनाको बचत खाता हुने हुदा Account Type मा Saving छान्नुहोला। अन्य भएमा अन्य छानुहोला। Branch मा आफ्नो खाता कुन साखामा छ त्यो छान्नुहोला। त्यसपछि Next मा क्लिक गर्नुहोला।

डिपोजेटरी डिटेल्स ( Depository Details ) – यसमा आफ्नो १६ अंकको बैंक तथा ब्रोकरले उपलब्ध गराएको डीपी अथवा बीओआईडी नम्बर भर्नुपर्छ। बीओआईडी नम्बर भनेको तपाईको १६ अंकको डिम्याट नंबर हो। त्यसपछि Next मा क्लिक गर्नुहोला।

मनी लण्ड्रिङ्ग प्रीभेंटसन ( Money Laundering Prevention ) – यसमा सम्पत्ति शुद्धीकरणको लागि तपाइँ कुनै ठुलो नेता वा उच्च पदस्थ अधिकारी हो या होइन भनेर छान्नुपर्ने हुन्छ। यदि तपाइँ कुनै बेला जघन्य अपराधमा दोषी ठहरिय हो या होइन जस्ता विवरण भर्नु पर्ने हुन्छ। सम्पूर्ण विवरण भरिसकेपछि Next मा क्लिक गर्नुहोला।

डकुमेन्टस अपलोड ( Documents Upload ) – यसमा तपाईले आफ्नो नागरिकताको प्रतिलिपि , फोटो , नागरिकता समातेको सेल्फी , विद्यार्थी अथवा कर्मचारी भए आफ्नो कार्ड र पान कार्ड अपलोड गर्नुपर्छ। त्यसपछि Next मा क्लिक गर्नुहोला।

युजर अग्रिमेंट (User Agreement ) – युजर अग्रिमेंटमा तपाईले त्यहाँ भएको सर्त र निएमहरु पढेर आफु मन्जुर भएको जनाउन Submit Application मा क्लिक गर्नुपर्ने हुन्छ। यदि गरिसके पछि तपाइको खाता खोल्ने प्रक्रिया सफल हुन्छ।

यदि Submit Application गर्न मिलेन भने तपाइले हालेको विवरण गलत भएको हुन् सक्छ। कुन ठाउँमा विवरण गलत छ भनि जान्न माथि हेर्नुहोला। माथि रातो भएको ठाउमा रहेको विवरण गलत भएको हुन्छ। त्यसकारण रातो बटनमा क्लिक गरि विवरण सच्चाउनुहोला र Next गर्दै आफ्नो फारम भर्नुहोला।

यति भइसके उपलब्ध गराइएको ई–मेलमा नोट्सले एउटा ई–मेल पठाउँछ। ई–मेल आउन कहिलेकाहीँ समय दिन पनि सक्छ । इमेल आएपछि आफुले खाता खोलेको ब्रोकरको लिंकमा गएर आफ्नो मेलमा आएको विवरण हाली लगइन गरि दोस्रो बजारमा कारोबार गर्न सक्नु हुन्छ । हप्ता भन्दा बढी सम्म मेल नआएमा ब्रोकरलाइ सम्पर्क गर्नुहोला। नेप्सेबजारले लेखेकाे छ ।