नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन बैतडीको अधिवेशन सम्पन्न; अध्यक्षमा टेर

Image

बैतडी।

बैतडीमा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनको जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको उक्त संगठनको प्रथम जिल्ला अधिवेशन आईतबार सम्पन्न भएको छ ।

नेकपमा एमालेका केन्द्रिय सदस्य एबंम बैतडी जिल्ला सहईन्चार्ज लिलाधर भट्टको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटि सदस्य पुष्कर राज जोशी (लख्खाभाई) र मोहन थापाको बिशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनले चन्द्र बहादुर टेरको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको नेकपा एमाले दशरथचन्द नगर कमिटी सचीव मनोज बोहराले जानकारी दिए। यस्तै कमिटीको उपाध्यक्षमा देब बहादुर चन्द, सचीवमा भान बहादुर बोहरा र उपसचीवमा नरेन्द्र प्रसाद भट्ट चयन भएका छन् । यस्तै संगठनको फागुन २५ गते हुने प्रदेश अधिवेशनका पनि ६ जना प्रदेश प्रतिनिधि छनौट भएका छन् ।

प्रदेश प्रतिनिधिहरुमा किसन सिह गुरु, कर्ण बहादुर केसी, चन्द्र बहादुर टेर, देव बहादुर चन्द, भान बहादुर बोहरा र शेर सिह कार्की रहेका छन् ।