नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँडको स्थान ताेकियाे, समय भने परिवर्तन गरियाे

Image

काठमाण्डाैं

फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँडको समय र स्थान तय भएको छ ।

उक्त आईपीओकाे बाँडफाँड भाेलि मंगलबार दिउँसाे एक बजेदेखि येलाे पेगाेडा हाेटल, जमल, काठमाडाैँमा हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओको प्रि-अलटमेन्ट आइतबार सम्पन्न भएकाे थियाे ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा झण्डै ४० गुणा धेरै आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।