Khabar Board
Flash logo up side
flash header

आगामी तीन दिनको मौसम पूर्वानुमान : कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

Nirbachan m

काठमाडौं ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रहि वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

२०७८ फागुन २८ गते (शनिबार)

दिउँसो : देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर मौसम सामान्यतया सफा रहने छ।

२०७८ फागुन २९ गते (आईतबार)

Center article

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहने छ। राती : देशभर मौसम सामान्यतया सफा रहने छ।

२०७८ फागुन ३० गते (सोमबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहने छ। राती : देशभर मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहनुको साथै मध्य तथा पूर्वी भूभागका उच्च हिमाली भू-भागमा एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.