काठमाण्डाैं
नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको लाभांशलाई बिमा समितीले स्वीकृत गरेको छ । याे सँगै लगानीकर्ताहरु खुसी भएका छन् ।
कम्पनीको माघ २१ गते शुत्रबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०।७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भइसकेकाले अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुनेछ ।
अब बिमा समितीबाट लाभांश सम्बन्धि प्रस्ताव अनुमोदन भइसकेकाले छिट्टै साधारणसभा डाकेर लाभांश पारित गर्नेछ । यस अघि लगानीकर्ताहरु निराश भएका थिए ।