Khabar Board
Flash logo up side
flash header

राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ता मालामाल, जाल्पा लघुवित्तका लगानीकर्तामा निराशा

Nirbachan m

काठमाण्डाैं

 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आज आइतबारको स्पेसल प्रि ओपन सेसनमा कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुरु भएको हो ।

राष्ट्र उत्थान लघुवित्तको पहिलो कारोबार ५०२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँसम्मको रेन्ज तोकेको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने ब्यबस्था छ ।

कम्पनीको आरयुएलबी सिम्बलबाट कारोबार सुरु भएको हो । बिहिबार कम्पनीको २६ लाख कित्ता शेयर सुचिकृत भएको थियो । राष्ट्र उत्थानले एनआईबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ।

यस संगै राष्ट्र उत्थान लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलले गर्ने छ। राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

Center article

आज जाल्पाको भने स्पेसल प्रि ओपन सेसनमा कारोबार भएको छैन । यस संगै अब सोमबारको स्पेसल प्रि ओपन सेसनमा कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुचारु हुने छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने ब्यबस्था छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । कम्पनीको JALPA सिम्बलबाट कारोबार सुरु हुने छ । शुक्रबार कम्पनीको १६ लाख कित्ता शेयर सुचिकृत भएको थियो ।

जाल्पाको शेयर रजिष्ट्रार प्रभु क्यापिटल रहेको छ । शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

जाल्पा लघुवित्त वित्तिय संस्थाले माघ २१ गतेदेखि माघ २५ गतेसम्म प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो । बिजपाटीले लेखेकाे छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.