Khabar Board
Flash logo up side
flash header

निजामती कर्मचारीका छोराछोरीले सरकारबाट ५ लाख रुपैयाँसम्म पढाइ खर्च पाउने (हेर्नुस् लिने तरिकासहित)

Nirbachan m

काठमाडौं ।

सरकारले निजामती कर्मचारीका छोराछोरीलाई अध्ययनका लागि ५ लाख रुपैयाँसम्म खर्च उपलब्ध गराउने भएको छ।

कर्मचारीका सन्ततिलाई शैक्षिक योग्यताको आधारमा २० लाख रुपैयाँसम्म लाग्नेछ भने शैक्षिक योग्यताको आधारमा शैक्षिक प्रोत्साहन वृत्ति शीर्षकअन्तर्गत ५ लाख रुपैयाँसम्म खर्च सरकारले दिने व्यवस्था बनाइएको हो।

यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका,२०७८’ जारी गरेको हो। बहालवाला स्थायी कर्मचारीका छोरा वा छोरी र हाल सार्वजनिक संस्थानमा नियुक्त पूर्वनिजामती कर्मचारीका सन्तानले शैक्षिक प्रोत्साहन वृत्ति पाउने व्यवस्था निर्देशिकाले गरेको छ।

स्वदेशी विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थाको स्नातक तहको प्रथम वर्षमा अध्ययनरत निजामती कर्मचारीका सन्ततिले उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाउनेछन्।

Center article

२० लाखसम्म पढाइ खर्च लाग्नेमा सरकारले ५ लाख प्रोत्साहन वृत्ति, १५ लाखदेखि २० लाखसम्म खर्च लाग्नेमा ४ लाख, १० देखि १५ लाखसम्म खर्च लाग्नेमा ३ लाख, ५ देखि १० लाखसम्म खर्च लाग्नेमा २ लाख खर्च र १ देखि ५ लाखसम्म पढाइ खर्च लाग्नेलाई १ लाख रुपैयाँ तथा लाखभन्दा कम खर्च शिक्षण शुल्कका आधारमा प्रोत्साहन स्वरूप रकम दिने व्यवस्था गरिएको छ।

शैक्षिक प्रोत्साहन वृत्तिका लागि निजामती सेवाको संघीय कानुनमा भएको समावेशी प्रतिशतकै आधारमा कोटा निर्धारण गरिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। यसका लागि मन्त्रालयको सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन गरिने बताइएको छ।

शैक्षिक प्रोत्साहन वृत्ति पाएका कर्मचारीका सन्ततिलाई सामान्य प्रशासन मन्त्रालयले आवश्यक ठानेको स्थानमा एक वर्षसम्म खटाउन सक्नेछ। यसरी खटाउँदा अध्ययन गरेको विषयसँग सम्बन्धित कार्यालय वा निकायमा सोही तह र श्रेणीका कर्मचारीले पाएको बराबर सुविधा दिइने व्यवस्था निर्देशिकामा छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.