आगामी तीन दिनको मौसम : देशभरको मौसम कस्तो रहला ?

Image

काठमाडौं ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

२०७८ चैत्र ८ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ चैत्र ९ गते (बुधबार)

दिउँसो : प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ चैत्र ९ गते (बुधबार)

दिउँसो : देशका पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । प्रदेश १ को पहाडी भू-भागको केही स्थानमा मेघ गर्जन \ चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।