काठमाण्डाैं ।
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते मंगलबारदेखि चैत्र ११ गते शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड चैत्र २० गते आइतबार(भाेलि) गर्ने भएकाे छ ।
उक्त साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट चैत्र १५ गते मंगलबार नै निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलकाे कार्यालयमा सम्पन्न भएकाे थियाे ।
आईपीओकाे बाँडफाँड भाेलि आइतबार गर्न लागिएकाे मर्चेन्ट बैंकिङ्गकी म्यानेजर इशा श्रेष्ठले अर्थ संसारलाई जानकारी दिइन् । हालसम्म स्थान र समय भने तय नभएकाे उनले बताइन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो ।
जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।












