बलेफी हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म यति धेरैले दिए आवेदन, यस्ताे छ पछिल्लाे अपडेट

Image

काठमाण्डाैं ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आज (चैत्र २१ गते, साेमबार) अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ ।

सीडीएसका अनुसार साेमबार साँझ ५ बजेसम्म २२ लाख ६४ हजार ३ सय ७८ जनाले २ करोड ६१ लाख ७१ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि छुट्याइएकाे भन्दा १५.७३ गुणा धेरै हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।