नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

Image

काठमाडौँ ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुद्धि आचार्य, संगीता पहाडी र पौडेलको नाम सिफारिस गरेको थियो । पौडेलको नियुक्तिको विषयलाई लिएर टेलिकमका कर्मचारीहरुले भने विरोध गरिरहेका छन् ।