काठमाण्डाैं ।
अपि पावर कम्पनी लिमिटेडको ०.३९३६ प्रतिशत हकप्रदमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीको चैत्र ४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते, सोमबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको हो ।
त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले चैत्र २५ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०।३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रदमा चैत्र २५ गतेदेखि २०७९ साल बैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, अपी पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यलय, मुत्तिलनाथ विकास बैंकका इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज,धनगढी अत्तरिया शाखा कार्यलयहरु, ग्लोबल आईएमई बैंकका बैतडी गोकुलेश्वर,दार्चुला, डडेल्धुरा, महेन्द्रनगर, धनगढी, अत्तरिया शाखा कार्यलयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।
कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे।वा। क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्न भई सकेको छ ।
आगामी वर्षदेखि यो आयोजना संचालनमा आउनेछ । हकप्रदबाट संकलित पूँजी यसै आयोजनाको निर्माणमा लागि रहेका जानकारी कम्पनीले गराएको छ ।