Khabar Board
Flash logo up side
flash header

उपकार लघुवित्तकाे आईपीओ भर्नु भयाे कि बाँकी छ ? आवेदन दिने समय १ दिन थप गरियो है

Nirbachan m

काठमाण्डाैं ।

उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय १ दिन थप गरिएकाे छ । आईतबार सरकारले रामनवमीकाे विदा दिएकाले आवेदन दिने समय थप गरिएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कति दिने आवेदन ?

Center article

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले छिटाेमा चैत्र २९ गतेसम्म र ढीलाेमा २०७९ बैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले १ दिन समय थप गरेकाले ३० गतेसम्म आवेदन दिन पाइने छ ।

कहाँबाट दिने आवेदन ? लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.