स्वास्थ्य सेवा विभागले माग्यो सातै प्रदेशका लागि कर्मचारी (सूचनासहित)

Image

काठमाडौं ।

स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको हाे ।

सातै प्रदेश एक-एक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो ।

आज (शुक्रबार) जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्ष कार्य अनुभव योग्यता पुगेका इच्छुकहरुले १० दिनभित्र आवेदन दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।