काठमाडौं ।
धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ग्रीन भेन्चर्स कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता २ सय ७१ रूपैयाँ १० पैसामा भएकाे छ ।
नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९१ रूपैयाँ ८६ पैसादेखि अधिकतम २ सय ७५ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे । कम्पनीकाे पहिलाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे ।
आइतबार कम्पनीकाे ३ कराेड १२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
हिजाे स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि कम्पनीकाे काराेबार हुन सकेकाे थिएन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ ।