काठमाण्डाैं ।
सीवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशनमा ल्याएको आईपीओकाे अन्तिम दिनमा साढे २२ लाख भन्दा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बैशाख ६ गतेसम्ममा २२ लाख ७७ हजार ७४३ आवेदनबाट दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको दुई करोड ५६ लाख ८८ हजार ४५० कित्ता शेयरको लागि आवेदन परेको हो ।
सीवाइसी लघुवित्तकाे आईपीओमा सर्वसाधारणबाट माग गरिएको भन्दा ६९.५२ गुणा बढी आवेदन परेकाे छ । लघुवित्तले शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो।
सीवाइसी लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्दथे।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।