बैतडी । आसन्न स्थानिय तह निर्वाचनका लागि बैतडीको सुर्नया गाउँपालिकमा नेकपा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन हुने भएकाे छ । बठबन्धनबाट नेकपा एसबाट अध्यक्ष पदकाे उम्मेदवारमा नरेन्द्र बिष्ट र माओवादी केन्द्रबाट स्वेता भट्टलाई उपाध्यक्ष पदका लागि सहमती भएको हाे ।
पालिकामा नेकपा एस र माओवादी केन्द्रबिच गठबन्धन गर्ने सहमती भए संगै अध्यक्ष र उपाध्यक्षकाे टुड्गाे लागेकाे छ ।
माओवादी केन्द्रको सुर्नया इन्चार्ज रहेकी भट्ट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रिय सदस्य समेत हुन् ।
वडा तहमाकाे बाँडफाडका लागि पनि दुई दलबीच सहमति अनुसार अगाडि बढ्ने गरि छलफल जारी रहेको र भोली सम्म वडाअध्यक्षका उम्मेदवारहरुको पनि टुङ्गो लाग्ने बताइएको छ ।
















