हेटौंडा ।
बागतमी प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले ठेक्का अवधि निर्धारण गर्ने आधार एवम मापदण्ड स्वीकृत नगरी ठेकेदारलाई ९० लाख पुरस्कार दिएको पाइएको छ ।
मापदण्ड चेकजाँच वा स्वीकृत नगरी निर्देशनालयले नुवाकोटको तादी नदिमा पुल निर्माणको काम निर्धारित समय भन्दा दश महिना अगाडिनै सकेको भनि निर्माण गर्ने कम्पनिलाई ९० लाख पुरस्कार दिएको विषयमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ । समय भन्दा अगाडिनै पुलनिर्माण गर्ने निर्माण व्यावसायीलाई बोनसको रुपमा रकम दिएको हो ।
यो पुल डिजाइन एण्ड विल्ड पद्धतीबाट गर्नका लागि नौ करोड १३ लाख ४ हजार रुपैयाँमा संझौता गरेर निर्माण व्यावसायीले काम गरेका थिए । ठेक्का अवधि निर्धारण गर्ने आधार एवम मापदण्ड स्वीकृत नगरी बोनसको व्यावस्था गर्दा एथार्थमा ठेक्का म्याद सहि ढंगले निर्धारण भएकोमा विस्वस्त हुन नसकेको महालेखाले जनाएको छ । जनपत्रबाट साभार
महालेखा परिक्षणको कार्यालयको प्रतिवेदन यस्तो छ ।