ग्लोबल डायस्पोरा एजुकेसन कन्सल्टेन्सिकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न , ५७ जनाले गरे रक्तदान

Image

काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको ग्लोबल डायस्पोरा एजुकेशन कल्सल्टेन्सीले रक्तदान कार्यक्रम आयाेजना गरि सम्पन्न गरेको छ । डायस्पोरा एजुकेशनले अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सहकार्यमा शुक्रबार रक्तदान कार्यक्रम गरेको हो । 
रक्तदान कार्यक्रम शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म ग्लोबल डायस्पोरा एजुकेशन कल्सल्टेन्सीको कार्यालय पुतली सडकमा आयोजना गरिएको थियो ।

कार्यक्रम अन्तर्राष्ट्रिय रक्तदाता संघका अध्यक्ष अजय सत्यालको प्रमुख आथित्यमा सप्पन्न भएको हाे । उक्त रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रिजन मडैले जानकारी दिएका छन । सम्पन्न उक्त कार्यक्रम हरिश रिमालले संयोजन गरेका थिए ।

डायस्पोरामा जापानी भाषा अध्ययन गरिरहेका तथा आइइएलटिएस, पिटिई, अध्ययन गरिरहेका विद्यार्थीहरुका साथै शिक्षकहरु र कर्मचारीहरुले रत्तदान गरेका थिए ।

सामाजिक तथा संस्थागत दायित्वलाई आत्मसाथ गर्दै रत्तदान कार्यक्रम आयोजना गरिएको निर्देशक मडैले बताए । उनले भने अस्पतालमा बिरामीहरु रगतको अभावमा छट्पटाउन नपरोस् र उनीहरुको उपचारमा सहज होस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको हाे ।