बैतडीमा काँग्रेसबाट प्रदेस ‘ख’ का लागि राजेन्द्र प्रसाद कलौनी सहित १८ जना सिफारिस

Image

बैतडी । नेपाली काँग्रेस बैतडीले प्रदेस सभा  ‘ख’ बाट प्रदेस सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फ युवा तथा समाजसेबी राजेन्द्र प्रसाद कलौनी लाई प्रदेस सभाको लागि सिफारिस गरिएको छ । अगामि मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस बैतडीको प्रदेश सभा ख बाट प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गरेको हो ।

काँग्रेस बैतडीले  ‘ख’ बाट प्रत्यक्षतर्फ राजेन्द्र प्रसाद कलौनी,शिवराज भट्ट,तेज बहादुर चन्द , टेक राज जोशी ,पुर्णान्नद लेखक ,पूर्णचन्द्र लेखक ,ईश्वर भट्ट, घनस्याम भट्ट, नरेन्द्र दत्त जोशी लगयातका १८ जना र समानुपातिक तर्फ राजेन्द्र प्रसाद कलौनी,नरेन्द्र सिंह थापा, तृत बहादुर विष्ट लगायत २३ जनाको नाम सिफारिस भएको सचिव  देबराज जोशीले बताइएका छन ।

क्षेत्र नं ‘क’ मा प्रत्यक्षतर्फबाट ८ जना र समानुपातिकतर्फ बाट गरि १५ जनाको नाम सिफारिस गरेको सचिव जोशीले बताए । क्षेत्र नम्बर ‘क’ बाट प्रत्यक्षतर्फ बिर बहादुर विष्ट, हरिमोहन भण्डारी ,अम्मर विष्ट र विष्णुदत्त जोशी लगायतका अन्य ८ जना र समानुपातिकतर्फ लोक राज अवस्थी, जयन्ती कुवँर लगायतका १५ जना रहेका छन् ।

यसैगरि नेपाली काँग्रेस बैतडीले संघका लागि १३ जनाको नाम सिफारिस गरेको छ । काँग्रेस बैतडी सचिव देवराज जोशीका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ जिल्ला पार्टी सभापति चतुरबहादुर चन्द, बिनय ध्वज चन्द, नरबहादुर चन्द, केशब बहादुर चन्द,उत्तर बहादुर ऐरको नाम सिफारिस भएकोछ । यस्तै प्रताप सिंह ठगुन्ना, सुरेन्द्र ऐर ,दिनेश भट्ट, शिव राज भट्टको नाम पनि प्रत्यक्षतर्फ सिफारिस भएको हो ।

यस्तै समानुपातिकतर्फ देवु ठगुन्ना, कृष्णदत्त भट्ट, रमेश पाण्डेय र नरेन्द्र प्रशाद भट्ट को नाम सिफारिस गरिएको उनले बताए । नेपाली काँग्रेस जिल्ला कार्य समिति बैतडीको यहि भदौ १९ गते बसेको बैठकले उम्मेदवार सिफारिस गरेको बताइएको छ ।