बारिष्टा तालिम सम्पन्न

Image

हेटौंडा। हेटौंडा उपमहानगर पालिकाको एक महिने बारिष्टा तालिम समापन भएको छ । युवाहरूलाई लक्षित गरि हेटौंडामा भएको तालीम ५० जनाले पूरा गरेको मेघा ईन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट का संचालक तथा कार्यक्रमका सभाध्यक्ष बिवेक दाहालले जानकारी दिए । तालिम पूरा गर्ने युवाहरूलाई कार्यक्रमकि प्रमुख अतिथि हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले प्रमाणपत्र प्रदान गर्नुभएको थियोे ।

मेयर लामाले सीप सिकेकाहरु जहाँ गए पनि काम गरेर खान सक्छन् । स्वदेशमा पनि राम्रो आयआर्जन गर्न सक्छन् भन्दै युवाहरूलाई हौसला प्रदान गर्नुभएको थियोे । कार्यक्रममा हेउमनपाका उद्योग तथा सहकारी महासाखा प्रमुख हिमप्रसाद पौडेल , आर्थिक बिकास महासाखा प्रमुख राजेस्वरी साही , हेटौंडा उपमहानगर पालिका ४नम्बर वडाका अध्यक्ष नवीन सिग्देल , मेयर मिनाकुमारी लामाका प्रेस सल्लाहकार राजन दाहाल लगायतकाको आतिथ्यता रहेको थियोे ।