बैतडीको डिलाशैनीमा एमाले र कांग्रेसले खाता खोल्यो, १ मा कांग्रेस र २ मा एमालेको जित

Image

बैतडी ।

बैतडीको डिलाशैनी गाउँपालिका वडा नं १ र २ अन्तिम मत परिणमा सार्वजनिक भएको छ । डिलाशैनी गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसले जित हात पारेको छ भने वडा नं २ मा एमालेले जित हात पारेको छ ।

वडा नं १ मा नेपाली कांग्रेसका कृष्णकुमार धामी ७ सय ७० मत सहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका विरेन्द्र महरले ४ सय ९७ मत ल्याएका छन् ।

यस्तै वडा नं २ मा नेकपा एमालेका नवराज घरडी ६ सय ४३ मत सहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका कृष्ण रानाले ४६९ मत पाएका छन् ।

गाउँपालिकामा गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार नेकपा माअ‍ोवादी केन्द्रका लोकेन्द्र राना (शितल)ले १ हजार २६४ मत ल्याएर अग्रस्थानमा रहेका छन् । एमालेका अक्कलबहादुर रानाले १ हजार १ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भगीरथ बोहरा अग्रस्थानमा रहेका छन् । उनले १ हजार २१९ ल्याउँदा एमालेका लिलावती जोशीले १ हजार १४८ मत ल्याएका छन् ।