बैतडी ।
बैतडीमा मतपरिणाम आउने क्रम जारी रहेको छ । शुक्रबार भएको स्थानीयतहको चुनाव परिणाम आउने क्रम अहिले जारी रहेको हो। अहिले सम्म बैतडी जिल्लामा नेकपा एमाले र काँग्रेसले वडाहरुमा जित हाशिल गरेका छन ।
नेकपा एमालेले ३ ओटा वडामा जित हाशिल गरेको छ भने नेपाली काँग्रेसले पनि ३ ओटा वडामा जित हात पारेको हो । जिल्लाको सुर्नया गाउँपालिका वडा नं १, दशरथचन्द नगरपालिका वडा नं १ र ११ मा नेकपा एमाले विजयी भएको छ । यस्तै काँग्रेसले पनि जिल्लाको पुर्चौडी नगरपालिका वडा नं १०, सिगास गाउँपालिका वडा नं १ र शिवनाथ गाउँपालिकाको वडा नं १ मा जित हात पारेको हो ।
एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनेमा बैतडीको सुर्नया १ मा धन बहादुर चन्द, दशरथचन्द नगरपालिका वडा नं १मा बिष्णुदत्त भट्ट, वडा नं ११ मा जयदत्त पन्त रहेका छन् । यस्तै नेपाली काँग्रसबाट जित्ने वडा अध्यक्षमा पुर्चौडी नगरपालिका वडा नं १० मा हिक्मत बहादुर विष्ट, शिवनाथ गाउँपालिका वडा नं १ मा बल्देवसिहं चाड र सिगास गाउापालिका वडा नं १ मा रामचन्द्र ऐरी रहेका छन् ।
यो समाचार तयार पार्दा सम्म अन्य दलहरुले भने वडाहरुमा अहिले सम्म खाता खोलन सकेका छैनन् । बैतडीको १० स्थानीयतहमा ८४ ओटा वडा छन् ।